देशभरका ८५ मतदान केन्द्रमा मतदान स्थगित
जेठ १, काठमाडौँ । देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ। निर्वाचन आयोका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो।