उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा


जेठ १, उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन्। निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन। उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए। साेही कारणा राजीनामा दिएकाे हुनसक्ने स्थानीयकाे अनुमान छ।

विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेकाे मतदान केन्द्रकाे मतदान स्थगित गरिएको थियो। स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन्। पानी परेपछि स्थगित मतदान प्रक्रिया पुन: सुचारु नगरेपछि विवाद भएको थियो। मतदानका लागि उम्मेदवारसहित एक हजारभन्दा बढी सर्वसाधारण लाइनमै थिए। तर, उनीहरुले मतदान गर्न नपाएपछि विवाद भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?