हेटौँडामा थपिँदै चार मतगणना स्थल


मतगणनामा ढिलाइ हुँदा हेटौँडास्थित सिद्धार्थ माविमा चार वटा मतदान स्थल थप्ने तयारी भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले चार मतगणना स्थल थपिने बताएका हुन्।

छिटो मतपरिणाम सार्वजनिक गर्ने उद्देश्यले चार वटा मतगणनास्थल थप्न लागेको उनले बताए। थप चार मतगणना स्थलमा गणना गर्नका लागि तारजाली हाल्ने काम भइरहेको उनले बताए।

तयारी सकिएपछि आज रातिदेखि नै मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?