पोखराको पहिलो नतिजा: १ मा एमाले, २ मा कांग्रेस विजयी


जेठ २, पोखरा । पोखरा महानगरपालिका१ मा एमाले र २ मा कांग्रेस विजयी भएको छ। १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव जितेका हुन्।

उनले १ हजार १ सय ४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी सीता गुरुङले १ हजार १ सय ४ मत पाइन्।

सदस्यमा जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, महिला सदस्यमा शोभा नेपाल र दलित महिला सदस्यमा जुकमाया दमै विजयी भए। यसअघि यहाँ ३ सय १७ मतान्तरले एमाले विजयी भएको थियो।

पोखरा(२ मा कांग्रेसको प्यानल विजयी भएको छ। कांग्रेसका दिवसमान प्रधानांगले एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले पराजित गरे। प्रधानांग ९ सय ३९ मतसहित वडाध्यक्षमा विजयी हुँदा शाहले ६ सय ६१ मत पाए।

खुला सदस्यमा कांग्रेसका गौतम विजुक्छे र भीमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन्। वडा नम्बर २ मा यसअघि ३ सय ७१ मतान्तरले कांग्रेस विजयी भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?