ललितपुर महानगरः गठबन्धनका मेयर तेब्बर मतले अगाडि, उपमेयरमा एक हजार मतले पछाडि
जेठ ३, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयरको पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जन झन्डै तेब्बर मतले अग्रता लिएका छन्। महर्जनले ५ हजार ९ सय ८४ मत प्राप्त गर्दा उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले २ हजार २ सय २० मत प्राप्त गरेका छन्।
त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छिन्। बज्राचार्यले २ हजार ६ सय ५६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य १ हजार ९ सय ६७ मत ल्याएर पच्छ्याइरहेका छन्।
कांग्रेसको उम्मेदवारविहीन उपमेयर पदको रूख चिह्नमा समेत मतदान गरेको पाइएको छ। उपमेयर पद गठबन्धनको तर्फबाट माओवादीकोभागमा परेको थियो।