भरतपुर महानगरमा ३० मतले पछि परे सुवेदी
जेठ ३, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ। मंगलबार बिहानसम्म सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३० मतको अग्रता कायम गरेकी छन्।
१७ हजार ३४ मतगणना हुँदा दाहालले पाँच हजार ७१८ मत पाएकी छन्। एमालेका विजय सुवेदीले पाँच हजार ६८८ मत ल्याएका छन्।
कांग्रेसका बागी जगन्नाथ पौडेलले दुई हजार ७८८ मत पाएका छन्। चितवनको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। उनले ६ हजार ९८२ मत पाएका छन्। राप्रपाकी हिमला गुरुङ करिब तीन हजार मतले पछाडि छन्।