जोनी डेपसँग मुद्दा हारेकी एम्बरलाई साउदी युवकको विवाह प्रस्ताव


जेठ २४, लसएन्जलस । हलिउड अभिनेता जोनी डेप र उनकी श्रीमती एम्बर हर्डका मानहानी मुद्धा ६ हप्ता लामो सुनुवाईपछि समाप्त भइसकेको छ। भर्जिनियाको फेयरफेक्समा चलेको मुद्धामा जोनीले जितेका छन्। यो मुद्धा सकिएसँगै एम्बरलाई विवाहको प्रस्ताव आएको छ।

समाचारअनुसार साउदी अरबका एक व्यक्तिले मुद्धा हारेकी एम्बरलाई विवाह गर्ने प्रस्ताव गरेका हुन्। उनले इन्स्टाग्राममा एम्बरलाई एक भ्वाइस सन्देश पठाएका छन् र आफूलाई जोनीभन्दा उत्कृष्ट पुरुष मानेका छन्।

सामाजिक सञ्जालमा यो भ्वाइस नोट निकै भाइरल भइरहेको छ। ‘एम्बर सबै ढोका तपाईंका लागि बन्द भएका छन्। यस्तो अवस्थामा तपाईंको हेरचाह गर्ने मबाहेक अरु कोही छैनन्। मैले देखेको छु कि केही व्यक्ति तपाईंलाई घृणा गर्छन् र तपाईंलाई धम्क्याउछन्। यसकारण मैले आफ्नो विवाहको निर्णय लिएको छु। अल्लाह हामी दुबैको भलो गरुन्। तपाईं एक वरदान जस्तै हुनुहुन्छ, तर मानिसहरु यसको सराहना गर्दैनन्। म त्यो बुढो मान्छेभन्दा उत्कृष्ट छु’, उनले भनेका छन्।

अदालतमा मुद्धा चलिरहँदा जोनीले अदालतमा एम्बरले आफूलाई घरेलु शोषणको शिकार गरेर आफ्नो बदनाम गरेको दाबी गरेका थिए। लामो सुनुवाईपछि न्यायाधीशले एम्बरलाई जोनीलाई १५ मिलियन हर्जाना तिर्न आदेश दिएका थिए। यही मुद्धासँग जोडिएको घरेलु हिंसा मामलामा जोनीले २ मिलियन डलर एम्बरलाई दिनुपर्ने पनि अदालतले आदेश दिएका थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?