अभिनेता मिथिलेश चतुर्वेदीको निधन


साउन १९ मुम्बई । फिल्म र टेलिभिजनका लोकप्रिय अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ। उनले गत बुधबार लखनउस्थित निवासमा अन्तिम श्वास फेरेका हुन् । उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए।

मिथिलेशलाई केही दिनअघि मात्र हृदयघात भएको थियो। त्यसपछि उनी गृहनगर लखनऊ गएका थिए। मिथिलेशले ‘कोई मिल गया’, ‘रेडी’, ‘ताल’, ‘सत्या’लगायतका फिल्ममा अभिनय गरेका थिए।

फिल्म ‘कोई मिल गया’मा उनको कास्टिङ किस्सा निकै रोचक छ। निर्देशक राकेश रोशनले फिल्मको लागि काम गरिरहँदा उनले फिल्म ‘फिजा’ हेरेका थिए । यो फिल्ममा एक दृश्य छ, जहाँ अभिनेत्री करिश्मा कपूरले मिथिलेशको अनुहारमा पानी फ्याक्छिन्।

यो दृश्य देखेपछि राकेश मिथिलेशबाट प्रभावित भएका थिए । त्यसपछि अर्को चरित्रका लागि रवि झाकडलाई बोलाउँदा रविले उनको नाम मिथिलेश चतुर्वेदी रहेको जानकारी दिएका थिए । यसपछि राकेशले मिथिलेशलाई बोलाए र फिल्ममा अनुबन्धित गरे।

मिथिलेशले बलिउडमा डेब्यू सन् १९९७ मा ‘भाई भाई’बाट गरेका थिए। यसपछि उनले ‘सत्ता’, ‘ताल’, ‘फिजा’, ‘रोड’, ‘कोई मिल गया’, ‘गान्धी माइ फादर’ र ‘बन्टी बबली’ जस्ता फिल्ममा अभिनय गरे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?