दुबईमा आराम गर्दै सलमान


साउन २१, मुम्बई । बलिउड सुपरस्टार सलमान खान केही समययता चर्चामा छन्। गत जुन महिनामा उनलाई ज्यान मार्ने धम्की आएको थियो। यसपछि महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको थियो।

सलमान लामो समयदेखि सुटिङमा व्यस्त छन्। यही व्यस्ततालाई मध्यनजर गर्दै सलमानले केही समयका लागि कामबाट ब्रेक लिएर दुबईमा आराम गरिरहेका छन्। केही समय अघि सलमान कामका लागि दुबई गएको भनिए पनि पछिल्लो रिपोर्ट अनुसार उनी त्यहाँ आराम गरिरहेका छन्।

सलमान केही समययता लगातार फिल्म ‘टाइगर ३’ को सुटिङमा व्यस्त थिए। यही कारण उनी केही समयका लागि आराम लिनका लागि दुबई गएका हुन्। दुबईबाट फर्किएपछि उनी फिल्म ‘कभी इद कभी दिवाली’मा व्यस्त हुनेछन्।

यो फिल्मको सुटिङ सेप्टेम्बरमा सुरु हुँदै छ। सलमान टेलिभिजनमा डान्स रियालिटी शो ‘नच बलिए’ निर्माण गर्दैछन्। उनले लोकप्रिय रियालिटी शो ‘बिग बोस १६’ को पनि होस्ट गर्दैछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?