सडकपेटीमा गृहमन्त्रीको निर्वाचन कार्यक्रम


कार्तिक ३, भैरहवा । गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाणले सडकपेटीमै निर्वाचन कार्यक्रम गरेका छन्। पैदल यात्रु तथा सर्वसाधरणका लागि सहजहोस भन्ने हेतुले व्यस्त सडकको छेउछाउ बनाइएको सडकपेटीमै चुनावी कार्यक्रम गरिएको हो।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले रुपन्देहीको क्षेत्र नम्बर ३ (भैरहवा)बाट उम्मेदवार बनेका छन्। उनले वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन सडकपेटीबाट नै गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?