ब्राण्ड प्रवर्द्धनमा महंगा साउथका यी ७ अभिनेता, कसले कति लिन्छन् पारिश्रमिक ?


कार्तिक ५, मुम्बई । साउथ स्टारको लोकप्रियता हालका दिनमा तीब्र गतिमा बढिरहेको छ। महेश बाबुदेखि लिएर अल्लू अर्जुनसम्मका साउथ स्टारलाई हिन्दी भाषी दर्शकले मन पराउने क्रम उल्लेख्य छ। यही कारण उनीहरूलाई ठूला ठूला ब्राण्डले प्रवद्र्धनका लागि प्रस्ताव गरिरहेका छन्। उनीहरूले ब्राण्डको प्रवद्र्धन गर्न मोटो रकम लिने गरेका छन्।

प्रभास
यो सूचीमा प्रभास शीर्ष स्थानमा छन्। ‘बाहुबली’ पछि लोकप्रियताको उचाइमा पुगेका उनले एक विज्ञापनका लागि १८ करोड पारिश्रमिक लिन्छन्।

महेश बाबू
‘टलिउड प्रिन्स’ महेशले हालसम्म हिन्दी बक्स अफिसमा पाइला चालेका छैनन। यसबाहेक पनि उनको उनको लोकप्रियता बढ्दो छ। एक विज्ञापनका लागि उनी १२ करोड रुपैंयाँ पारिश्रमिक बुझ्छन्।

अल्लू अर्जुन
अल्लू अर्जुन फिल्म ‘पुष्पा’ पछि घर घरमा लोकप्रिय छन् । उनी एक विज्ञापनबापत साढे सात करोड पारिश्रमिक लिन्छन्।

राम चरण
‘आरआरआर’ स्टार राम चरण पनि ब्राण्ड कम्पनीको प्रिय बनेका छन्। उनी एक विज्ञापनका लागि ६ देखि ७ करोडसम्म पारिश्रमिक बुझ्छन्।

नागार्जुन
नागार्जुन साउथको ठूला स्टार हुन्। उनी एक विज्ञापनका लागि दुई करोड रुपैंयाँ पारिश्रमिक लिन्छन्।

नागा चैतन्य
अभिनेत्री सामन्था रुथ प्रभुका पूर्वपति नागा चैतन्यको हातमा पनि थुप्रै विज्ञापन छन्। उनी एक विज्ञापनका लागि डेढ करोड पारिश्रमिक थाप्छन्।

विजय देवरकोंडा
ब्राण्ड प्रवद्र्धनको मामलामा विजय देवरकोण्डा पनि कम छैनन्। उनी एक विज्ञापनका लागि १ करोड रुपैंयाँ पारिश्रमिक लिन्छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?