महारानी एलिजावेथका १४ वटा घोडा बेच्दै बेलायतका राजा चार्ल्स तृतीय
कार्तिक ७, काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयले दरबारका घोडाहरू बेच्ने भएका छन्। उनले आफ्नी आमा अर्थात् रानी एलिजावेथबाट विरासतमा पाएका दाैड घोडाहरू बेच्ने भएका हुन्।
गत महिना निधन भएकी महारानी एक दौड घोडाहरूको गहिरो ब्रीडर साथै एक रेसग्रोअर थिइन्।
न्यूमार्केटको ट्याटरसल लिलामी घरले सोमबार महारानी एलिजाबेथ द्वितीयको ब्रूड मेर को १४ वटा घोडा बिक्री गरिरहेको बताएको छ। ती घोडाहरूको सुचीमा सर माइकल स्टाउटद्वारा प्रशिक्षित जस्ट फाइन समेत रहेको बिबिसीमा उल्लेख छ।
ट्याटरसलका प्रवक्ता जिमी जर्जले यो सामान्य कुरा होइन नभएको भन्दै दरबारले प्रत्येक वर्ष घोडाहरू बेच्ने गरेको बताएका छन्। जर्जले रानीको घोडाको बिक्रीले दौडसँग शाही परिवारको सम्बन्धको अन्त्यको प्रतीक नभएको बताएका छन्।
रानी एलिजावेथका बुबा राजा जर्ज छैठौंबाट उनले रोयल स्टडलाई विरासतमा प्राप्त गरेकी थिइन्। यो स्यान्ड्रिङ्घमको रेसघोडा प्रजनन केन्द्र हो। त्यहाँबाट धेरै विजेताहरू उत्पादन भएको बताइएको छ।