दक्षिण कोरियाली राष्ट्रपतिको हत्यादेखि लंगुरको मुटु बालिकामा प्रत्यारोपण


कार्तिक ९, काठमाडौँ । आज अक्टोबर २६ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

अतिवादीबिरुद्ध लड्ने अमेरिकी कानुन
सन् २००१ को ११ सेप्टेम्बरको अतिवादी हमलापछि सोही महिना अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘प्याट्रिअट एक्ट’ लागु गरेका थिए। सो कानुनअन्तर्गत सुरक्षा निकायलाई अतिवादीबिरुद्ध लड्न अमेरिकामा थप अधिकार दिइएको थियो।

जम्मु र कश्मिरलाई अधिनमा लिने सम्झौता
सन् १९४७ मा जम्मु तथा काश्मिरका अन्तिम महाराजा हरि सिंहले ‘इन्स्ट्रुमेन्ट अफ एक्सेसन’ मा हस्ताक्षर गरेका थिए। हस्ताक्षरपछि काश्मिर भारतको अधिनमा रहने र त्यसको बदलामा भारतीय सेनाले राजाको रक्षा गर्ने उल्लेख थियो।

दक्षिण कोरियाली राष्ट्रपतिको हत्या
सन् १९७९ मा दक्षिण कोरियाली राष्ट्रपति पार्क चुङ हिको हत्या भएको थियो। हिलाई उनकै लामो समयदेखिका साथी तथा कोरियाली केन्द्रीय गुप्तचर निकायका प्रमुख किम जाय क्वयुले हत्या गरेका थिए । उनलाई आजिवन काराबासको सजायँ तोकिएको थियो।

लंगुरको मुटु बालिकामा प्रत्यारोपण
सन् १९८४ मा अमेरिकाकीबालिक बेबेी फेईमा लंगुरको मुटु प्रत्यारोप भएको थियो। १४ अक्टोबरमा जन्मिएकी ती बालिका जन्मिदै मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिइन्। शल्यक्रिया सफल भए पनि बालिकाको शरिरले प्रत्यारोपण गरेको मुटु शल्यक्रिया गर्दा केही सातापछि उनको मृत्यु भएको थियो।

फुटबल संघ गठन
सन् १८६३ मा विश्वकै पुरानो फुटबल निकाय लन्डनमा स्थापना गरिएको थियो। यसको स्थपानासँगै फुटबल खेलाबारे नयँ नियम बनाउछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?