रक एण्ड रोल स्टार जेरीको निधन


कार्तिक १२, काठमाडौँ । ‘रक एण्ड रोल’ स्टार जेरी ली लेविसको ८७ वर्षको उमेरमा निधन भएको छ। उनले ‘ग्रेट बल द फायर’ जस्ता गीत गाएका थिए। उनी आफ्नो आउट्रेजियस स्टाइल र व्यक्तिगत जीवनका लागि चिनिएका थिए। जेरी सन् १९५० को दशकमा लोकप्रिय थिए।

जेरी एक रक रिबेलका रुपमा उदाएका थिए र मानिसको ध्यान आफूतिर आकर्षित गर्न सफल थिए। उनले आफूलाई ‘द किलार’को उपाधि दिएका थिए। उनको गीत वासनाले भरिएको हुन्थ्यो। उनको करियर सन् १९५८ मा सकिएको थियो। उनले १३ वर्षकी कजिनसँग् विवाह गरेका थिए। जबकी उनको यसअघि नै एक श्रीमति थिइन्।

यो घटनापछि उनको इंग्ल्याण्डको शो रद्ध भएको थियो भने रेडियोले कालो सूचीमा राखेको थियो। जेरीले सन् १९६० को दशकमा आफूलाई कमव्याक गराए। तर उनलाई लागुऔषध र मदिराको लत लागिसकेको थियो। यही घटनाका कारण उनले कानूनी लडाई लड्नु परेको थियो।

उनले मायरा गेल ब्राउनसँग विवाह गरेका थिए। मायराले उनीमाथि शारीरिक र मानसिक उत्पीडनको आरोप लगाएकी थिइन्। यही कारण मायराले आत्महत्याको प्रयास पनि गरेकी थिइन्।

जेरीका गीत निकै रुचाइएका गीतमा पर्छन्। उनका गीतले दर्शकमाझ एउटा छाप नै छोडेको थियो। उनको फ्यान फलोइङ पनि धेरै थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?