ब्रिटनीको दाहिने भागको नर्व ड्यामेज
कार्तिक २३, एजेन्सी । पप सेन्सेसन ब्रिटनी स्पीयर्सले आफ्नो स्वास्थ्यलाई लिएर चकित खुलासा गरेकी छन्। उनले आफ्नो शरीरको दाहिने हिस्साको नर्व ‘ड्यामेज’ भएको जानकारी दिएकी छन्। ब्रिटनीका अनुसार यो रोगको कुनै उपचार छैन। उनले लामो पोस्ट लेख्दै आफ्नो पीडा पोखेकी छन्।
ब्रिटनीले नृत्य गर्दै आफ्नो भिडियो शेयर गरेकी छन्। जसमा उनी खुलेर नाँचेकी छन्। ‘म नाँचिरहेकी छु। मेरो शरीरको दाँया हिस्साको नर्व ड्यामेज भएको छ। यसको कुनै उपचार छैन। बस भगवानको सहारा नै हो। यो रोग त्यही बेला लाग्छ, जब तपाईंको दिमागसम्म अक्सिजन पुग्दैन। तपाईंको दिमागले काम गर्न बन्द गर्छ। नर्व ड्यामेजका कारण तपाईंको शरीरको भाग शुन्य हुन्छ’, उनले लेखेकी छन्।
ब्रिटनीले यो रोगलाई डरलाग्दो भनेकी छन्। ‘यो हसाउने कुरा हो कि जब म नृत्य गर्छु, तब पीडाको महशुस हुँदैन। यस्तो लाग्छ कि मेरो मन त्यो ठाउँमा पुग्छ, जहाँ मेरो भित्री बच्चा जिउँदो छ। म त्यसरी चल्न सक्दिनँ, जसरी म चाहन्छु।’, उनले भनेकी छन्।
ब्रिटनीका अनुसार उनी हप्तामा तीनपटक मात्र ओछ्यानबाट उठ्छिन्। उनको शरीरको दायाँ भागमा सुई र पिनले घोचेजस्तो गर्दछ। यो पीडा उनको गर्धनसम्म जान्छ। यसको ठूलो पीडा उनको दिमागमा हुने गरेको उनको भनाइ छ।