लमजुङमा कांग्रेस कार्यकर्तामाथि कुटपिट
कार्तिक २९, लमजुङ । मध्यनेपाल नगरपालिका वडा नम्बर १ जितामा कांग्रेस कार्यकर्तामाथि कुटपिट भएको छ।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धन बलियो रहेकाले कमजोर मानसिकताका साथ नेकपा (एमाले) बाट निर्वाचित वडाअध्यक्ष सुदिप थापाको निर्देशनमा आफ्ना कार्यकर्ता कुटिएको कांग्रेसको आरोप छ।
कांग्रेस वडा कार्यसमितिका सचिव मिलन थापा र कांग्रेस नेता भरत थापामाथि कुटपिट भएको बताइएको छ। कुटपिटमा संलग्न व्यक्ति फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ।
वडाअध्यक्ष थापासहितका केही व्यक्तिलाई भने इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले पक्राउ गरेको छ। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय बेशीशहर लगिएको छ।
कुटपिटमा घाइते मिलन र भरतलाई भने उपचारका लागि पोखरा लगिएको छ।