क्वीन्सल्याण्डमा हनिमुनमा लगेर श्रीमानले गरे श्रीमतीको हत्या


कार्तिक ३०, मेलबर्न अष्ट्रेलिया । क्वीन्सल्याण्डको ह्यामिल्टन आइल्याण्डमा गल्फ बग्गी दुर्घटनामा परी मृत्यु भएकी एक महिलाका पतिलाई घटनाको आरोप लगाइएको छ। आरोपित पुरूषले उचित सावधानीपूर्वक बग्गी नचलाउँदा दुर्घटना भएको र उनकी श्रीमतीको मृत्यु भएको आरोप लगाइएको छ।

त्यस्तै, उनले बग्गी चलाइरहेको समयमा मोबाइल फोनको समेत प्रयोग गरेको अभियोग लगाइएको छ। उक्त सवारीमा श्रीमान र श्रीमतीले नै सिटवेल्ट समेत नलगाएको खुलेको छ।

सिड्नीका दम्पती रोबी मोर्गन र मारिना हन्नाले जुन ११ मा विवाह गरेका थिए र हनीमूनका लागी ह्यामिल्टन टापुको यात्रा गरेका थिए। मोर्गन डिसेम्बर ५ तारिखमा प्रोसेरपिन मजिस्ट्रेट कोर्टमा उपस्थित हुनेछन्।

जुन २० को दुर्घटना पछिका दिनहरूमा मोर्गनले फेसबुकमा हन्नाको सम्झनामा एउटा मन छुने पोस्ट सेयर गरेका थिए। हन्नाको परिवारले पनि उक्त पोस्ट सेयर गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?