विप्लव समूहले निर्वाचन बिथोल्न खोजेपछि प्रहरीले गर्यो हवाइ फायर
मंसिर ४, चितवन। चितवनको एक मतदान केन्द्रमा हवाइ फायर गरिएको छ। विप्लव नेतृत्वको नेकपा माओवादीले निर्वाचन बिथोल्ने प्रयास गरेपछि हवाइ फायर गरिएको हो।
विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताले चितवन क्षेत्र नम्बर-१ राप्ती-८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान विथोल्ने प्रयास गरेका थिए।
एक समूहमा आएका व्यक्तिहरूले बिथोल्ने प्रयास गरेपछि एक राउण्ड हवाइ फायर गरिएको प्रहरीले जानकारी दिएको छ। अहिले पुनः मतदान सुरू भएको प्रहरीले जानकारी दिएको छ।