रवि लामिछानेले प्रदेशसभामा गरेनन् मतदान


मंसिर ४, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्। प्रदेशसभा संरचनामा प्रश्न उठाएको भन्दै सभापति लामिछानेले मतदान नगरेका हुन्।

‘प्रदेश सभा संरचनामा हामीले प्रश्न उठाएका छौँ। हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी छैनौँ,’ लामिछाने मतदान नगर्नुको कारणबारे भने, ‘खारेजीको कुरा होइन, गरेका छैनौँ । तर, सुधारौँ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?