मोरङको बुढीगंगा गाउँपालिकाको एक मतदान केन्द्रमा बम विस्फोट


मंसिर ४, काठमाडौँ । मोरङको बुढीगंगा गाउँपालिकाको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ। बम विस्फोट भएपछि मतदान कार्य स्थगित भएको छ।

बुढीगंगा गाउँपालिका १ करैया गाउँमा रहेको करैयादेवस्थल मन्दिरमा रहेको मतदानस्थलको एउटा केन्द्रमा बिहान साढे १० बजे तिर धमाधम मतदान भइरहेको समयमा अचानक बम विफस्ट भएपछि सुरक्षाका लागि मतदान कार्य स्थगित गरिएको हो।

बम विस्फोटबाट कुनै पनि मानवीय क्षति भएको छैन। बम विस्फोटपछि मतदान स्थलको सुरक्षा कडा पारिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?