मत हालेपछि बाबुरामले भने- भष्मासुर प्रवृतिको अन्त्य होस्
मंसिर ४, गोरखा। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएका छन्।
उनले गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन्। उनले यस मतदानबाट भष्मासुर प्रवृत्तिको अन्त्य होस् भनेर कामना गरेका छन्।
‘राम्रा उम्मेदवारहरूले जितून्, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस्, सुशासन र समतामूलक समृद्धिको नयॉ युग सुरू होस्,’ मतदानपछि उनले भनेका छन्।