विराटनगरबाट मतदान गर्न राजविराज आएका विवेककाे जब भाेट लिस्टमा नाम नै भेटिएन‍‍…


मंसिर ४, सप्तरी। राजविराज- ३ का ३४ वर्षीय विवेककुमार भट्टराई जारी प्रतिनिधिसभा र प्रदेशसभाकोको चुनावमा मत हाल्न विराटनगरबाट राजविराज आए।

उनी बिहान १० बजे आफूले मतदान गर्ने मतदान केन्द्र केशो अनुरूद्धवती माध्यमिक विद्यालय पुगे। मतदान गर्ने प्रक्रियाअनुसार आफ्नो क्रमसंख्या र नाम खोज्दा उनको नाम मतदाता नामावली पाइएन।

नाम नभएको सुन्ने बितिक्कै उनी छक्क परे। उनको स्थानीय तहको चुनावमा नाम थियो। उनले मत पनि खसाएका थिए। अहिले नाम कसरी छैन ? भन्ने विषयमा मतदान अधिकृत निरन्जन यादवलाई जानकारी गराए।

आफ्नो नाम नभएको जानकारी गराउनेबित्तिकै निर्वाचन अधिकृतले निर्वाचन कार्यालय सप्तरीमा सम्पर्क गर्दा डिलिट भएको हुन सक्ने प्रतिक्रिया पाएपछि उनले विवेकलाई निर्वाचन कार्यालयमा सम्पर्क गर्न भने।

उनले निर्वाचन कार्यालयको वेब साइडमा पनि हेर नाम भेट्टाएनन्। त्यसपछि उनी निराश हुँदै फर्के। मत हाल्नैको लागि विराटनगरबाट आएका उनले कर्मचारीको लापरबाहीले मताधिकारबाट बन्चित हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे।

राजविराज- ३ का ७० वर्षीय हैदर अली पनि मतदानको दिन मतदान स्थलमा मत खसाल्नका लागि बिहानदेखि १२ बजेसम्म चार पटक धाए।
उनले पनि नाम भेटेनन्। निर्वाचनको वेब साइडमा खोज्दा पनि उनको नाम र क्रम संख्या भेटिएन्। उनी मताधिकार बन्चित भएको भन्दै आक्रोशित हुँदै फर्के।

१५ सय ४८ मतदाता रहेको उक्त मतदान केन्द्रमा दिउँसो २ बजेसम्म ५ सय ५० जनाले मतदान गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?