रुपन्देहीको सिद्धार्थनगर-११ मा विवाद हुँदा एक जना घाइते
मंसिर ४, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन्। सिद्धार्थ नगरपालिका–११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा स्थानीयबीच विवाद सृजना भएको थियो।
सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए। उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो।
कुटपिटबाट टाउको चोट लागेकोपछि तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेको छ। विवादको कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेको थिए। उनलाई नै हटाइएपछि अवस्था समान्य भएको थियो।