काठमाडाैँ–१ रवीन्द्र मिश्र अगाडी, प्रकाशमान सिंह पछि परे
मंसिर ५, काठमाडाैँ। काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन्।
अपरान्ह ४: १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका हुन्।
कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन भने तेस्रो एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन्।
उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १३६५ मत प्राप्त गरेका छन्।