सुनसरी– ४ मा कांग्रेसका कार्कीको सुरुआती अग्रता


मंसिर ५, सुनसरी । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ। इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ।

यहाँ तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गरेका छन्। कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?