लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता


मंसिर ५, लमजुङ। लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन्।

हालसम्म दूधपोखरी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाको ४ हजार ८ सय ९८ मतगणना गर्दा एमालेका पृथ्वीसुब्बा गुरुङले २ हजार ५ सय ८ मत प्राप्त गरेका छन्।

गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले २ हजार ८७ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पृथ्वीसुब्बा गुरुङले ४ सय २१ मतले अग्रता कायम गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?