झापा ५ मा अध्यक्ष ओलीलाई झण्डै ८ हजार मतको अग्रता


मंसिर ६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन्।

यस्तै नेपाली कांग्रेसका डा.खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन्। १ लाख २, हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?