अछाम २ मा कांग्रेसका शाह ६ हजार मतले अघि


मंसिर ७, अछाम। प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले अग्रता फराकिलो पारेका छन्। बुधबार बिहान ११ बजेसम्म ३३४१८ मत गणना हुँदा शाहले एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछि पारेका छन्।

शाहले १८९८४ र बोगटीले १२७६० मत पाएका छन्। अछाम १ बाट भने एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भइसकेका छन्। उनले एमालेका झपट रावललाई पराजित गरे।

२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा अछामका दुवै क्षेत्र एमालेले जितेको थियो। यसपटक एमालेले भीम रावललाई समेत टिकट नदिएकाले त्यसको असर चुनावमा देखिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?