सिन्धुली–२ मा माओवादी केन्द्रका दाहाल विजयी


मंसिर ७, काठमाडौँ । सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी पाँच हजार आठ सय ३० मतान्तरले विजयी भएका हुन्।

दाहालले २७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए। दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार छ सय ८७ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन्। उनले एक हजार पाँच सय ५३ मत प्राप्त गरेका छन्। राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार तीन सय ४० मत प्राप्त गरेर चौथो भएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?