गुल्मी १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता
मंसिर ७, काठमाडौँ । गुल्मी १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता हासिल गरेका छन्।
५७७ मतका साथ उनी अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका चन्द्र भण्डारी ५०७ मत ल्याएर पछ्याइरहेका छन्। राप्रपा उम्मेदवारले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभातर्फ कालिगण्डकी गाउँपालिका १ अन्तर्गत हर्मीचौरबाट गणना सुरु गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १ बजेदेखि मतगणना गर्न सुरू गरिएको हो।
प्रदेश सभातर्फको मतगणना पनि केही समयपछि सुरू गरिने बताइएको छ। गुल्मी १ मा एक लाख १९ हजार २८१ मतदाता छन्। ७० हजार ६ सय मत खसेको थियो।