गोकुल बाँस्कोटाले मतान्तर बढाए, पछ्याउँदै हुमागाईं
मंसिर ८, काठमाडौँ । काभ्रे–२ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मतान्तर बढाउँदै लगेका छन्। सुरुदेखि निरन्तर पछि परेका उनले अहिले एक हजार ९८ मतको अग्रता बनाएका छन्।
बाँस्कोटाले २२ हजार ८१२ मतसहित अग्रता बनाएका छन्। कांग्रेसका हुमागाईँ अहिले २१ हजार ७१४ मतसहित बाँस्कोटालाई पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ६ हजार ४ सय ४९ मतसहित तेस्रो स्थानमा छन्।