ठूलो मतान्तरसहित चितवन २ मा रवि लामिछाने विजयी
मंसिर ८, चितवन। चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी ठूलो मतान्तरसहित विजयी भएका छन्।
८४ हजार ३१७ भोट खसेको यो क्षेत्रमा रवि लामिछानेको पक्षमा ४९ हजार २६१ परेको थियो। १५ हजार ९९ भोट पाएका नेपाली कांग्रेसका उमेश श्रेष्ठ दोश्रो स्थानमा रहेका छन्। त्यस्तै, १४ हजार ६४९ भोट सहित एमालेका कृष्णभक्त पोखरेल तेश्रो भए।
रवि लामिछानेले दोश्रो स्थानमा रहेका उमेश श्रेष्ठ भन्दा ३४ हजार १६२ बढी भोट पाएका छन्
यो क्षेत्रमा २०७० र २०७४ सालमा नै एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए।