रूकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्मा निर्वाचित


मंसिर ९, काठमाडौँ । रूकुम पश्चिममा अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा निर्वाचित भएका छन्। शर्माले २६ हजार ५८८ मतान्तरसहित चुनाव जितेका हुन्।

शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत पाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?