कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता


मंसिर ९, काठमाडौँ । कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले अग्रता लिएका छन्। नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल दोस्रो स्थानमा रहेका छन्।

केहीबेर अघिसम्म ४० हजार छ सय ३५ मत गणना हुँदा नागरिक उन्मुक्तिका चौधरीले १४ हजार सात सय पाँच मत प्राप्त गरेका छन्। एमालेका रावलले १० हजार पाँच सय ९६ तथा नेकपा (माओवादी केन्द्र) का भगतबहादुर बडुवालले १० हजार तीन सय ९८ मत प्राप्त गरेका छन्।

यहाँ एक लाख चार हजार नौ सय छ मतदाता रहेकामा ६० हजार छ सय २९ मत खसेको निर्वाचन अधिकृत प्रेमप्रकाश जोशीले जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?