इलाम–२ : एमालेका उपाध्यक्ष सुवास नेम्वाङ ३१६ मतले पछि परे


मंसिर १०, काठमाडौँ । इलाम–२ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ ३१६ मतले पछि परेका छन्।

सत्ता गठबन्धनको समर्थनमका कांग्रेसबाट उम्मेदवार बनेका डम्बरबहादुर खड्काले २८ हजार ७ सय ८६ मत ल्याउँदा एमाले उम्मेदवार नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन्। २०७४ को निर्वाचनमा नेम्वाङ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?