झलनाथ खनालले गरे मतगणना बहिष्कार, इलाम–१ मा पुनः मतदानको माग


मंसिर १०, काठमाडौँ । इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा हार्ने निश्चित भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले मत गणना बहिष्कार गरेका छन्।

चुनावमा धाँधली भएको भएको भन्दै उनले इलाम–१ मा पुनः मतदानको माग गरेका छन्। खसेको मतभन्दा धेरै गणना भएको खनालको आरोप छ।

मतगणनाका क्रममा सुरुमै ५ सय मत गायब भएको पाइएपछि आफूले त्यसमा विरोध जनाएर फेरि मतदान गर्नुपर्ने मागसहित औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताएका छन्।

बस्नेतले १८ हजार ५४२ मत ल्याउँदा खनालले १६ हजार ८७ मत ल्याएका छन्। मत गणनामा खनाल सुरुदेखि नै पछि परिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?