सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो


मंसिर १०, काठमाडौँ । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ।

कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो। रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?