सर्लाही-२ बाट महेन्द्र राय यादव निर्वाचित, राजेन्द्र महतो पराजित


मंसिर १०, काठमाडौँ । सर्लाही–२ बाट नेपाल समाजवादी पार्टीका उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन्। उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर उठेका थिए।

उनी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार यादव २२ हजार ६३१ मत प्राप्त गरेका छन्।

त्यस्तै, उनका प्रतिस्पर्धी लोसपाका उम्मेदवार महतोले २० हजार १६५ मत प्राप्त गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?