विश्वकप फुटबल : अष्ट्रेलियाको पहिलो जित
मंसिर १०, काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा अष्ट्रेलियाले पहिलो जित निकालेको छ। आज अल जानुब स्टेडियममा भएको खेलमा समूह ’डी’ मा रहेको अष्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो।
खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाए। उक्त गोल नै अस्टे्रलियाको जितमा प्रयाप्त बन्यो । जितसंगै ३ अंक जोडेको अस्ट्रेलियाले नकआउट चरणमा पुग्ने सम्भावना जिवित बनाएको छ।