सिड्नीको समुद्री किनारमा २५ सय बढी व्यक्तिले खिचाए नग्न फोटो, यस्तो छ कारण !


मंसिर १२, मेलबर्न अष्ट्रेलिया । सिड्नीको समुद्री किनारमा २५ सयभन्दा बढी व्यक्तिहरूले नग्न फोटो खिचाएका छन्। छाला क्यानसरबारे जनचेतना फैलाउनका लागि उनीहरूले नग्न फोटोसुट गरेका हुन्।

शनिबार बोन्डी किनारमा सामुहिक नग्न फोटो खिचाउन ठूलो जमात उपस्थित भएको थियो। अमेरिकामा फोटोग्राफिक कलाकार स्पेन्सर टुनिकले ती व्यक्तिहरूको सामुहिक तस्बिर खिचेका थिए।

टुनिक विश्वका चर्चित ठाउँहरूमा अनाैठो फोटोसुट गर्नका लागि परिचित छन्। टुनिकले सिड्नीको समुद्री तटमा नग्न फोटोसुट गर्न र मानिसको ज्यान बचाउने चेतना फैलाउन पाउनु साैभाग्यको कुरा भएको बताएका छन्।

उक्त फोटोसुटमा सहभागी एक जनाले सुरूमा असहज महसुस गरेको बताएका छन्।

टुनिकले अष्ट्रेलियामा गरेको यो चाैथो प्रोजेक्ट हो। सन् २०१० मा उनले ओपेरा हाउसमा गरेको फोटोसुटमा ५५ सयभन्दा बढी मानिसहरू सहभागी भएका थिए। टुनिकले स्किन चेक च्याम्पियनसिपसँग सहकार्य गरेर विभिन्न जनचेतना फैलाउने काम गरिरहेका छन्।

टुनिकले अहिलेसम्म विश्वभर १०० भन्दा धेरै नग्न फोटोसुट गरिसकेका छन्। म्युनिखदेखि म्याक्सिकोसम्म गरेको फोटोसुटका १८ हजार भन्दा बढी व्यक्तिले सहभागिता जनाएको बताइएको छ।

नग्न फोटोसुट गरेकै कारण टुनिक कैयाैँ पटक पक्राउमा समेत परेका छन्। सन् २०१८ मा वुल्सवर्थले मेलबर्नको एक स्टोरको पार्किङमा फोटोसुट गर्न प्रतिबन्ध लगाएको थियो। तर, पछि यो प्रतिबन्धबाट वुल्सवर्थ पछि हट्यो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?