निर्वाचनमा बालबालिका प्रयोग गर्ने सत्तारुढ गठबन्धन पहिलो, १८ जना कलाकार मात्रै
मंसिर १२, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ।
आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयोग गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो।
बालबालिकाको क्षेत्रमा कार्यरत बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)का राजेश शर्माका अनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट ९८, नेकपा (एमाले) बाट ७१ वटा, अन्य सात राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिकालाई प्रयोग गरिएको थियो।
जसमध्ये दुई सय १६ घटनामध्ये एक सय ४४ वटा प्रचार प्रसार र्यालीको क्रममा प्रयोग गरिएको थियो भने २८ जनालाई कलाकारको रूपमा प्रयोग गरिएको थियो।
आमसभामा १८ वटामा बालबालिका लगेका राजनीतिक दलले घरदैलो कार्यक्रममा १२ वटा घटनामा बालबालिकाको प्रयोग गरिएको शर्माले बताए।