उदयपुर-१ बाट कांग्रेसका नारायण खड्का विजयी


मंसिर १३, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। नारायण खड्का उदयपुर–१ बाट विजयी भएका छन्। मंगलबार जारी मतगणनाअनुसार उनले नेकपा एमालेकी प्रतिस्पर्धी मञ्जु चौधरीलाई २ हजार बढी मतान्तरले हराएका हुन्।

तर यसको औपचारिक घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरिसकेको छैन। आइतवार भएको विवादपछि एक दिन रोकिएर अघि बढेको मतगणनामा पनि खड्काले अग्रता बनाउँदै जित दर्ता गराएका हुन्।

मंगलबार राति सम्पन्न मतगणनामा उनले चौधरीलाई २ हजार ३७७ मतले हराएका हुन्। खड्काले ३१ हजार २६८ मत ल्याए भने चौधरीले २८ हजार ८९१ मत ल्याएकी छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?