उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था


मंसिर १४, मुम्बई । साउथ अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला मायोसिटिस नामको गम्भीर रोगबाट पीडित छिन्। उनी यो रोगको उपचारका लागि दक्षिण कोरिया जाने भएकी छन्।

गत अक्टोबरमा सामन्थाले आफ्नो रोगको बारेमा जानकारी दिँदै केही समयदेखि रोगको उपचार गरिरहेको खुलासा गरेकी थिइन्। उनले उपचार जारी भए पनि रिकभरीको स्टार निकै कम रहेको बताएकी थिइन्। उनी उपचारमा आयुर्वेद पद्धति अपनाइरहेकी छिन्।

सामन्था निकटका अनुसार उनी एडभान्स उपचारका लागि केही समय बिताउने गरी दक्षिण कोरिया जान लागेकी हुन्। उनी त्यहाँ केही महिना बस्नेछिन्।

मायोसिटिस एक अटो इम्युन रोग हो। यो रोगले बिरामी निकै कमजोर महसुस गर्छन् । बिरामीको मांशपेसीमा तीव्र लगातार दुखाई बढ्छ । यस्ता रोगका बिरामीलाई बस्न, सिँढी चढ्न, वजन उठाउन समस्या पर्दछ।

केही काम नगरीकन पनि बिरामीले थकानको अनुभव गर्छन्। कैयौंपटक यो रोगका कारण बिरामीह डिप्रेसनको सिकार पनि बन्छन्। सामन्था पछिल्लोपटक फिल्म ‘यशोदा’मा देखिएकी थिइन्। उनको पाइपलाइनमा ‘शाकुन्तलम’, ‘कुशी’ र ‘गढ’ फिल्म छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?