क्विन्सल्याण्डकी युवतीको हत्या आरोपित सिंह आज अदालतमा पेश


मंसिर १४, काठमाडौँ । उत्तरी क्विन्सल्याण्डकी महिला टोयाह कोर्डिङ्लेको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई आज फेरि भारतमा अदालतमा पेश गरिको छ। योसँगै राजविंदर सिंहको अष्ट्रेलिया सुपुर्दगी प्रक्रियाको अर्को चरण सुरु भएको छ। चार वर्षअघि कर्डिङ्लेको शव फेला परेपछि सिंह भारत भागेका थिए।

अक्टोबर २०१८ मा केर्न्सको उत्तरमा रहेको वाङ्गेट्टी बिचमा बालुवाको टिब्बामा कर्डिङ्लेको शव उनका बुबा ट्रॉयले फेला पारेका थिए। उनी गत हप्ता भारतमा पक्राउ परेका थिए।

कर्डिङ्लेको हत्या भएको दिन पछि भारतको लागि विमानमा चढेका इनिसफेलकी नर्स सिंहलाई प्रहरीले यस घटनाको मुख्य संदिग्धको रूपमा पहिचान गरेको छ।

कोर्डिङ्लेको हत्या भएको चाैथो वर्षमा प्रहरीले मुख्य अभियुक्त सिंहबारे जानकारी दिनेलाई १० डलर पुरस्कार घोषणा गरेको थियो। त्यसको केही दिनपछि नै उनी पक्राउ परे। अष्ट्रेलियाका अधिकारीहरूले सिंहको लागि सुपुर्दगी आदेश सुरक्षित गर्न भारत सरकारसँग सहकार्य गरेर काम गरिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?