सुनसरी-४ : सञ्चारमन्त्री कार्की झिनो मतान्तरले अगाडि


मंसिर १४, काठमाडौँ । बहालवाला पाँच मन्त्री पराजित भइसकेका छन्। जसमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठ छन्।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट झिनो मतले अगाडि छन्। उनलाई एमालेका जगदीश कुसियैतले पछ्याइरहेका छन्। सुनसरी ४ को मतगणना अन्तिमतिर आइपुग्दा मन्त्री कार्की कुसियैतभन्दा ५८ मतले अगाडि छन्। कार्कीले २७ हजार चार सय ४० र कुसियैतले २७ हजार तीन सय ८२ मत पाएका छन्।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कुसियैतलाई पछाडि पार्दै कार्की विजयी भएका थिए। तर यसपटक माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि कार्कीलाई चुनाव जित्न निकै सकस परिरहेको छ। अब चार हजार मत गन्न बाँकी छ। त्यसैले अहिले नै कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?