मेलबर्नमा महिलाको शव भेटिएपछि एक पुरूष पक्राउ
मंसिर १६, मेलबर्न अष्ट्रेलिया । मेलबर्नको उत्तरी क्षेत्रमा एक महिलाको शव फेला परेपछि प्रहरीले एक पुरुषलाई हत्या गरेको आरोप लगाएको छ।
बिहीबार प्रहरीले ५१ वर्षीया महिलाको शव बुधबार बेलुका ८ बजे नर्थकोटको घरको ग्यारेजमा परिवारका सदस्यले फेला पारेको बताएको थियो।
भिक्टोरिया प्रहरीले बिहीबार जो लो बियान्कोलाई गिरफ्तार गरी हत्याको आरोप लगाएको छ। ५२ वर्षीय व्यक्ति शुक्रवार मेलबर्न मजिस्ट्रेटको अदालतमा उपस्थित भएका थिए।
अदालतमा सुरक्षा फुटेजहरू सङ्कलन गरिने र फोरेन्सिक प्रमाणहरू ढिलाइ हुने बताइएको छ। लो बियान्को अर्को वर्ष अप्रिलमा अदालतमा पुनः उपस्थित हुनेछन्।