बाजुरमा कांग्रेसका पाण्डेको अग्रता
मंसिर १६, काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्र्तगत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्।
बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार पाँच सय २९ मतले अग्रता लिएका छन्।
उनले सात हजार पाँच सय १२ मत प्राप्त गरे। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले चार हजार नौ सय ८३ मत प्राप्त गरेका छन्।
यस्तै प्रदेशसभा (१)मा नेकपा समाजवादीका नरेश शाहीले पाँच हजार एक सय ३२ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले तीन हजार नौ सय २८ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले तीन सय २५ मत पाएका छन्।
यसैगरी प्रदेशसभा ९२० मा कांग्रेसका पदमबहादुर शाहीले पाँच हजार ७७ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपा एमालेका लालबहादुर थापाले चार हजार ६ सय ८४ मत प्राप्त गरेका छन्। शाहीले थापासँग तीन सय ९३ मतको अन्तरले अग्रता कायम गरेका छन्।