बाजुरामा मतान्तर बढाउँदै पाण्डे, पछ्याउँदै एमालेका कर्ण थापा
मंसिर १७, काठमाडौँ । बाजुराको प्रतिनिधिसभाको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार ७०४ मतगणना गर्दा पाण्डेले १२ हजार ७०५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १० हजार ५९ मत पाएका छन्। कांग्रेसका पाण्डेले उनले २ हजार ६४६ फराकिलो मतान्तर बनाएका छन्।
अहिले एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।