स्याङ्जा–२ मा एमालेकी पद्मा अर्याललाई पराजित गर्दै धनराज गुरुङ विजयी
मंसिर १७, काठमाडौँ । स्याङ्जा निर्वाचन–२ बाट नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन्।
५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई पराजित गर्दै गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी छन्।