पहिलो हाफमा अष्ट्रेलियामाथि अर्जेन्टिनाले लियो अग्रता


मंसिर १८, काठमाडाैँ। फिफा विश्वकप २०२२ अन्तर्गत दोश्रो प्रिक्वार्टर फाइनल खेलमा अर्जेन्टिनाले अष्ट्रेलियामाथि १ ० गोलको अग्रता लिएको छ। खेलको ३५ औँ मिनेटमा कप्तान लियोनल मेसीको गोलमार्फत अग्रता लिएको हो।

अर्जेन्टिनाका खेलाडीलार्इ पेनाल्टी बक्स नजिकै लडाएपछि पाएको फ्रिकिक पछि मेसीले गोल गरेका हुन्। सुरूवाती मिनेटमा अष्ट्रेलियाले केही राम्रा मुभ बनाएता पनि गोलको अवसर भने सिर्जना हुन सकेनन्।

मेसीले व्यसायिक खेल जीवनको १ हजार खेलमा गोल गर्न सफल भएका हुन्। मेसीले विश्वकप फुटबलको नकआउट चरणमा पहिलो गोल गरेका हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?